प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी सङ्क्रमित, दुवैमा गरी कुल ९२३

काठमाडौँ,जेठ,१६-नेपालको प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित रहेका छन् । प्रदेश २ र प्रदेश ५ मा सङ्क्रमितको सङ्ख्या करिब नौ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश २ मा ४९० र प्रदेश ५ मा ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक हजार २१२ पुगेको छ ।

जसमध्ये प्रदेश २ मा सबैभन्दा बढी ४९० र प्रदेश ५ मा ४३३ मा सङ्क्रमणको पुष्टि भएको हो ।दुवै प्रदेशमा गरी कुल ९२३ जना सङ्क्रमित छन् । जुन नेपालमा कुल सङ्क्रमितको ७६ प्रतिशत हुन आउँछ ।गोर्खापत्रबाट