काठमाडौंमा ४५ प्रतिशत मत खस्यो

काठमाण्डौ ,वैशाख ३१-

स्थानीय तहको पहिलो चरणअन्तरगतको निर्वाचनमा काठमाण्डौ जिल्लामा झण्डै ४५ प्रतिशत मत खसेको छ ।

मतदान सुरु भएको करिब ६ घण्टामा काठमाण्डौमा करिब ४५ प्रतिशत मतदाताले भोट खसालिसकेको निर्वाचन आयोगले जानकारी दिएको छ  ।

काठमाण्डौ महानगरपालिकासहित ११ वटा स्थानीय तह रहेको काठमाण्डौमा ५ लाख ५९ हजार ४ सय मतदता छन् । आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले निर्वाचनमा काठमाडौसहित देशभर उत्साहपूर्वक रुपमा निर्वाचन भइरहेको बताए ।

 

 

अहिलेसम्म सबै स्थानमा शान्तिपूर्ण मतदान भइरहेको आयोगले बताएको छ । बेलुकी ५ बजेसम्म हुने मतदानमा अधिक मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा आयोगको छ ।