एएफसी यू-२३ छनोट: आज नेपाल र लेबनान भिड्ने

काठमाडौं,कार्तिक,१४-ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

तर, लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।

May be an image of 3 people

नेपाल समूहको पुछारमा रहेको छ । नेपालले अंक जोड्न सकेको छैन ।

लेबनान पनि अंक विहीन रहेको छ । लेबनान तेस्रो स्थानमा रहेको छ ।यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ ।इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

May be an image of 2 people and people playing sports

यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।खेलपाटीबाट