टोकियोमा चलिरहेको रेलमा चक्कु प्रहार गर्ने एक व्यक्ती पक्राउ

चक्कु प्रहारबाट ६ जना घाईते

Tokyo police detain man who wielded knife on train

जापान,कार्तिक,१४-जापानको टोकियोको स्थित पश्चिमी सहर चोफुमा चलिरहेको रेलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कम्तीमा ६ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ ।

घटना राति करिब ८ बजेतिर भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार आइतबार ट्रेन कोकुरियो स्टेशन नजिकै केयो रेलवे लाइन मा चलिरहेको थियो।

प्रत्यक्षदर्शीले उक्त व्यक्तिले कारभित्र तरल पदार्थ छराएर आगो लगाएको बताएका छन्।आगोले सिटको बायाँ भाग जलेको अग्निनियन्त्रक अधिकारीहरूले बताएका छन्।

ती व्यक्ति २० वर्षको वरिपरि रहेको स्रोतले जनाएको छ ।घटनास्थलमा ६ वटा एम्बुलेन्स बोलाइएको थियो ।स्रेत एनएचकेबाट