पछिल्लो २४ घण्टामा थपिए ४६९ संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं,कात्तिक,१६-पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।त्यस्तै, गत २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ ।