सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिरमा हुने

काठमाण्डौं,भदौ,२०-

सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिर अन्तिम साताबाट सुरु हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन लिग मंसिर २८ गतेबाट हुने जनाएको छ ।

यस्तै एन्फाले अर्को सालबाट भने स्थाई रुपमा नोभेम्बर १ गतेबाट लिग गराउने निर्णय गरेको छ  ।

लिगमा ‘ए’ डिभिजनका १४ क्लबले खेल्नेछन् । प्रतियोगिताका लागि १४ क्लबले १८/१८ खेलाडी दर्ता समेत गराईसकेको एन्फाले जनाएको छ  ।

एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो । साभार : खेलपाटीबाट