नेपाली कांग्रेस बाँके क्षेत्र नं–३ मा प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति गठन

बाँके,भाद्र,२१-

नेपाली कांग्रेस बाँके क्षेत्र नं–३ मा प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति शुक्रबार गठन गरिएको छ । खजुरा गाउँपालिका वडा नं.–३ मा क्षेत्रस्तरिय भेलाको आयोजना गरी प्रदेश क र प्रदेश ख अन्तर्गत दुई वटा प्रदेश निर्वाचन क्षेत्रस्तरिय कार्यसमिति गठन गरिएको हो ।

प्रदेश क अन्तर्गत बाँकेको बैजनाथ र खजुरा गाउँपालिका वडा नं.–५, ६, ७ र ८ बाट क्षेत्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्न हेम बहादुर खत्रीलाई सभापति बनाउँदै ११ सदस्यीय समिति गठन गरिएको छ ।

सो समितिको सचिवमा ज्ञान बहादुर वली रहनुभएको छ भने सदस्यहरुमा कृष्ण बहादुर थारु, महाबीर थारु, धिरेन्द्र सिंह ठकुरी, भुपेन्द्र बस्नेत, ललता थारु, नसिर अहमद खाँ, अबसर मोहम्मद खाँ, सियाराम पथिक र झलक शर्मा रहनुभएको छ ।

त्यस्तै प्रदेश ख अन्तर्गत खजुरा गाउँपालिका वडा नं.–१, २, ३ र ४ बाट सभापतिमा राममनोरथ यादवसहित १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

समितिको सचिवमा दिप बहादुर थापा, सहसचिवमा अमृता नेपाल र कोषाध्यक्षमा नर बहादुर खड्का रहनुभएको छ भने सदस्यहरुमा क्रमशः जुल्फिकार अलि मनिहार, जिवनाथ सापकोटा, तारामणी अधिकारी, रमेश बर्मा, लक्ष्मण प्रसाद बर्मा, सरिफ कवडिया, गान्धी हमाल, अम्बर सिंह ठकुरी र असगर अलि तेली रहनुभएको छ ।

नेपाली कांग्रेसको संगठनलाई संघीय संरचना अनुसार समायोजनका लागि केन्द्रीय कार्यसमितिबाट पारित निर्देशन बमोजिम उक्त समिति गठन गरिएको क्षेत्र नं. ३ का प्रवक्ता भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा संघीय संरचना समायोजना केन्द्रीय प्रतिनिधि अधिवक्ता ईश्वरी ज्ञवाली, निर्वाचन सदस्य अधिवक्ता प्रहलाद बहादुर कार्की, नेपाली कांग्रेस बाँकेका पार्टी सभापति किरण कोइराला, पूर्व सभापतिद्धय युवराज शर्मा, कृष्णमान श्रेष्ठ, पूर्व सांसद बादशाह कुर्मी, आशा बिक, क्षेत्र नं. ३ का महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

क्षेत्र नं. ३ का क्षेत्रीय सभापति नकि खाँको सभापतित्वमा सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा पार्टीको संगठन बिस्तार तथा पार्टीलाई मजबुत बनाउने बिषयमा गहन छलफल गरिएको थियो ।