
काठमाडौं,फाल्गुन,१७-नेपालले आज जोर्डनसँग खेल्ने छ।वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालले जोर्डनसंग खेल्न लागेको हो।
साउदी अरबीयामा जारी प्रतियोगितामा लगातार चार खेल जितेको नेपाल आज सोही लय दोहोर्याउँदै उपाधि जित्ने अभियानमा रहेको छ।तर आज नेपालले स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को अनुपस्थितिमै यो लक्ष्य पार गर्नुपर्नेछ।
फ्रान्सको शीर्ष डिभिजनको लिगमा व्यवसायीक खेल खेल्ने भण्डारी सेमिफाइनल खेलपछि त्यसतर्फ लागिसकेकी छिन्। त्यसैले आज नेपाललाई भण्डारीको अनुपस्थितिमै वाफ महिला च्याम्पियनसिपको सर्वाधिक सफल टोली जोर्डनलाई हराउनुपर्नेछ।
जोर्डनले पाँच पटक यो प्रतियोगिता जितिसकेको छ भने नेपालले पहिलो पटक यो प्रतियोगिता खेलिरहेको छ। सेमिफाइनलमा लेबनानलाई २-१ ले हराउँदै नेपाल तथा प्यालेस्टाइनलाई ५-० ले हराउँदै जोर्डन फाइनलमा पुगेका हुन्।