गायक सज्जन धामिलाई चुरोट सल्काउने बानी परेपछी

ज्ञानु सङ्गम खड्का /
नेपालगन्ज,फाल्गुण,१७-

चर्चित लोकपप गीत “तरकारी वाली”,”माकसम” बाट आफुलाई गायकको रुपमा चिनाउन सफल लोक गायक सज्जन धामिले आफ्नै उत्कृष्ट सङ्गीत र आवाज रहेको फेरि अर्को धमाकेदार लोक पप गीत ” चुरोट सल्काउने” साङ्गितिक बजारमा ल्याएका छन।

सामना शाहको उत्कृष्ट शब्द रहेको उक्त गीतमा सङ्गीत तथा स्वर सज्जन धामिकै रहेको छ। पछिल्लो समयको चर्चित युबट्युब च्यानल वाउ नेपालले बजार ब्यबस्थापन गरेको हो भने यश गीतका प्रस्तुतकर्ता दिपेन्द्र शाही हुन।

गीतको अडियो सुन्दा अनि भिडियो हेर्दा एकदम नाँचौ नाँचौ लाग्ने उक्त गीतको भिडियोमा प्रकाश, ॠचा लगाएत सज्जन को पनि अभिनय रहेको छ।

बिक्रम चौहानले निर्देशन तथा प्रकाश खड्काले छायांकन गरेको उक्त गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन।यो गीतलाई सफलता मिलोस् सम्पुर्ण युनिट्लाई बिहानी अनलाईन परिवारको तर्शुफबाट हार्दिक शुभकामना व्यक्त हर्दछौ।