पोखरामा पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्ता

पोखरामा पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्तापोखरा,भदौ,१७-पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा– २० भलामका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

भलामका कृष्ण श्रेष्ठको एकतले घर पहिरोमा पुरिंदा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षिया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो । उनीहरुका तीन वर्षीय छोरा बेपत्ता छन् ।

त्यसैगरी नमूना टोलका लक्ष्य नेपालीको घर पहिरोले पुरिँदा ४२ बर्षिय लक्ष्य नेपालीको मृत्यु भएको छ । उनकी १४ बर्षिया छोरी सृष्टी नेपाली घाइते भएकी छन् ।

यस्तै पोखरा– ११ बसेरीका एकदेब तिमिल्सिनाको घर पुरिँदा तीन जना घाइते भएका छन् ।