जापानले अफगानिस्तानबाट दूतावास कतार सार्ने

जापानले अफगानिस्तानबाट दूतावास कतार सार्नेएजेन्सी,भदौ,१७-जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ ।

जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको पुष्टि गर्नुभएको हो ।

तालिबान विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेसंगै राजनीतिक अन्यौल सृजना भएकाले विदेशी कूटनीतिक निकायहरूले अफगानिस्तानबाट दूतावासको काम गर्न असहज भएको भन्दै आएका छन् ।

अफगानिस्तानबाट धेरै राष्ट्रले आफ्ना नागरिक फिर्ता गराइरहेको बेला जापानले पनि दूतावासको काम अन्य देशबाट गर्ने तयारी गर्नुलाई स्वभाविक रुपमा लिइएको छ ।

अहिले पनि अफगानिस्तानस्थित दूतावासको काम अस्थायी रुपमा टर्कीको स्तानबुलस्थित कन्सुलेट जनरलबाट भइरहेको जनाइएको छ ।