सुनको मूल्य घट्यो

काठमाण्डौं,भदौ,१७-आज बिहीबार सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो। 

बुधबार ९१ हजार प्रतितोलामा कारोबार भएको थियो। चाँदीको मूल्य भने बढेको छ। बुधबार १ हजार १ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ।