उदयपुरमा बाढीले बगाउँदा दुईको मृत्यु, एक बेपत्ता

फाईल तस्विर !!

उदयपुर,झापा,असार,२८-निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ ।

उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ ।

यसैगरि विरिङ खोलामा आएको बाढीले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ भने मेची नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

झापा गाउँपालिका– ५ का ३५ वर्षीय राजेश गणेशलाई विरिङ खोलाले बगाएर मृत्यु भएको हो ।

उता मेची नदीले बगाएर भद्रपुर– ३ नाउँगाउँका ३३ वर्षीय हिरण राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।