नेपालद्धारा नामिबियामाथी कीर्तिमानी जित

कुशल भुर्तेलले खेले सतकीय पारी

कुशलको शतकमा नामिबियाविरुद्ध नेपालको सानदार जितकाठमाडौं,फाल्गुन,२-आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो । जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले बनाएको सबैभन्दा ठूलो स्कोर हो ।

नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले। ११२ बल खेलेका उनले ४ छक्का र १० चौकासहित ११५ रन बनाए। यस्तै कप्तान रोहित पौडलले ७२ रन बनाएर आउट भए। उनले भुर्तेलसँग कीर्तिमानी साझेदारीसमेत गरे।

रोहित पौडेलले ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रन बनाएर आउट भए। उनले भुर्तेलसँग १३३ रनको सतकीय साझेदारी गरे। तेस्रो विकेटका लागि रोहित र कुशलले गरेको यो साझेदारी ओडिआईमा नेपाली ब्याटरले गरेको कुनै पनि विकेटका लागि उच्च साझेदारी हो। 

यसअघि नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी २०२२ मार्चमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि नै १ सय २९ रनको साझेदारी साझेदारी गरेका थिए।

दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ललाई २५ रनमा  गुमाएको थियो। सन्दिप जोराले २८ रन बनाउँदा करण केसीले १२ बलमा नटआउट २० रन बनाए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन बनाउँदै अल आउट भएको थियो।