काठमाडौं,बैशाख,२४-सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बुधबार बसेको बैठकले जेठ १८ गतेसम्म आन्तरिक र बाह्य दुबैतर्फका उडान रोक्ने निर्णय गरेको हो।
सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले देशभर लगाइएको बन्दाबन्दीलाई पनि जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ । बैशाख २५ गते सकिने लकडाउनलाई ११ दिन थपेर जेठ ५ सम्म पुर्याइएको हो ।
विश्वव्यापी बनेको कोरोना महामारीका कारण सरकारले २०७६ चैत्र ११ गतेदेखि देशभर बन्दाबन्दी गरेको छ भने त्यसयता लगातार हवाई सेवा पनि बन्द गरिएको छ ।