गाँउगाँउमा पुगेर मतदातालाई धन्यवाद दिदै रावल

पवन मुडभरी/

बौनिया,पौष,१-
संयुक्त बाम गठबन्धनबाट कैलाली क्षेत्र नम्बर २ बाट विजयी झपट रावल,प्रदेश सभा सदस्य क र ख का नवनिर्वाचित सदस्य रतन थापा र नन्द बहादुर साउद (राजेन्द्र) यतिखेर गाउँगाँउमा पुगेर मतदातालाई धन्यवाद दिनमा व्यस्त रहनुभएको छ । एमालेका बैकल्पिक केन्द्रीय सदस्य समेत रहनुभएका नवनिर्वा्चित रावलले आफ्नो निर्वाचन क्षेत्रका गाउँमा पुगेर आफूलाई मतदान गरेर विजयी गराउनु भएकोमा धन्यवाद दिनुभएको छ ।

विजयी भएको दोस्रो दिन देखि रावल गाउँमा पुगेर मतदातालाई आभार प्रकट गरि रहनुभएको छ । नेपाली काँग्रेसका मोहनसिंह राठौरलाई फराकिलो मतान्तरले हराउनुभएको थियो । काँग्रेसको बलियो पकड मानिएको क्षेत्र नं २ मा राठौरलाई १ हजार ८ सय ६४ मतको अन्तरले हराउदै रावल विजयी हुनुभएको थियो । रावलले २५ हजार १ सय ५७ मत ल्याई विजयी हुनुभएको थियो भने राठौरले २३ हजार ३ सय १३ मत प्राप्त गर्नुभएको थियो ।

कैलाली क्षेत्र नं २ लाई सवैले चासोका साथ हेरेका थिए । किनकी पराजित राठौर नेकपा एमालेबाट काग्रेस प्रवेश गरेका थिए । राठौर नेकपा एमालेबाट पुर्व शिक्षा राज्यमन्त्रि रही सक्नु भएको थियो । राठौर राज्यमन्त्रि हुदा रावल स्वकिय सचिव हुनुहन्थयो । विजयी भएपछि धन्यवाद ज्ञापन गर्न पुगेका रावललाई गाउँलेहरुले फूलमाला र अभिर लगाएर स्वागत तथा सम्मान गरेका छन । विजयी भएपछि गाउँपुग्दा स्थानीय बासिन्दाहरु खुशी भएकाछन् ।

आफूले भोट हालेर जिताएको जनप्रतिनिधि यसरी गाँउमा आएर धन्यवाद गर्ने नसोचेका मतदाताहरु साँसद रावल आफै आएर हात जोड्दै तपाईहरुले गरेको सहयोगका कारण आफू विजयी भएको बताउँदै यसकालागि आम मतदाता सुभेच्छु र शुभचिन्तकहरुप्रति हार्दिक आभार ब्यक्त गदै तपाईहरुले दिएको जिम्मेवारी पूरा गर्नेकाममा कुनै कसर बाँकी राख्ने छैन रावलले मतदातासामू प्रतिबद्धता जनाउनु भएको छ ।

जूनप्रकारले मलाई विश्वास गरेर विजयी गराउनुभएको छ तपाइहरुको विश्वासलाई घात गर्नेछैन उहाँले भन्नुभयो । आफूलाई विजयी गराउनकालागि गाउँमा पुगेर गरेको बाचालाई चुनावी मुद्धामात्र नभएर ब्यावहारमा नै लागू गर्ने विषयमा आफ्नो शक्रियता रहने बताउनुभयो ।

आफु यसै क्षेत्रका बासिन्दा भएकाले यो क्षेत्रको समस्या बारेमा आफूलाई जानकारी भएको बताउँदै रावलले प्राथमिकताका आधारमा विकासको कामलाई अघि बढाउने उहाँले बताउनुभयो । सुदूरपश्चिमको प्रवेश द्धारको रुपम रहेको आफ्नो निर्वाचन क्षेत्रलाई विकास र समृद्धिको रुपमा प्रस्तुत गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्र भित्रको समग्र विकासकालागि काम गर्ने उहाँले घोषणा गर्नुभएको छ । बाटोघाटो,पुलपुलेसा, नदी कटान नियन्त्र, कालोपत्रे सडक, ,सुविधासम्पन्न अस्पताल,खानेपानी ,ब्यवस्थित बसोवास विद्युतीकरण लगायतका विषयमा विस्तृत अध्ययन गरेर काम अघि बढाउने उहाँको भनाई छ । रावलले शुक्रबार बर्दगोरिया गाउपालिकाक विभिन्न स्थानमा पुगेर मतदातालाई भेट गर्र्दै धन्यवाद दिनुभएको छ ।

यस्तै आज मोहन्याल गाउपालिकाकका विभिन्न स्थानमा पुगेर मतदातालाई भेट गर्दै यो जित मेरो मात्र नभएर समग्र क्षेत्र नं. २का जनताको भएको बताउदै मतदातालाई धन्यबाद दिनुभको छ । उहाँका साथमा प्रदेश सभा क का रतन थापा र प्रदेश सभा ख का नवनिर्वाचित सदस्य नन्द बहादुर साउद लगाएत पार्टीका अन्य नेता तथा कार्यकताहरु गाउँमा पुगेकाछन् ।