काठमाडौं,बैशाख,२५-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संवैधानिक आयोगमा जथाभावी नियुक्ति तत्काल बन्द गर्ने चेतावी दिनुभएको छ।
अध्यादेशमार्फत मुलुक नचलाउन चेतावनी दिँदै उहाँले महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको हो ।
‘कोरोना (कोभिड १९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य गरेको बताउनुभयो ।
नेता नेपालले भन्नुभयो, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन। अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्नु भएको छ ।






