देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीसँग केहीबेरमा छलफल गर्दै

काठमाडौं,बैशाख,२५-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनु भएको छ ।

बैठक अहिले केही बेरमा देउवा निवास बुढानिलकण्ठमा बस्ने पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सभापति देउवाले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेता माधव कुमार नेपाल तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफलको विषयमा जानकारी गराउने वुझिएको छ ।

आज दिउँसो बस्ने संसदीय दलको बैठककको विषयमा पनि छलफल हुने बताइएको छ ।

यस अघि बसेको कांग्रेसको पदाधिकारी बैठकले प्रधानमन्त्री केपी ओली विश्वासको मत लिन संसदमा आउदा त्यसलाई असफल बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले पछिल्लो समय कोरोना रोकथाममा सरकार उदासिन भएको आरोप लगाउँदै आएको छ ।