आफ्नै प्रोडक्शन हाउस र मल्टिप्लेक्स हल खोल्दै निखिल

दाङ,बैशाख,११
नेपाली चलचित्रको एउटा नाम हो निखील । नायक निखिल उप्रेती अहिले चलचित्र अभिनयमा खुबै व्यस्त भएका छन । निखिलले अभिनय गरेको पछिल्लो चलचित्र ‘राधे’ प्रदर्शन भैसकेको छ,चलचित्र राधेले सुखद व्यापार गरेको छ । निखिलका गतबर्ष रिलिज भएका २ चलचित्र असफल भएका थिए ।

निखिलका चलचित्र नेपालका मल्टिप्लेक्समा चल्दैनन् । सिंगल थिएटरका दर्शकले गर्ने मायाकै कारण निखिल आज यो क्षेत्रमा स्टारको रुपमा चलिरहेका छन् । चलचित्र ‘भैरव’ रिलिजको समयमा निखिलको चलचित्र मल्टिप्लेक्सबाट एक दिनमै उतारिएको थियो । जसले गर्दा उनी निकै आक्रोशित पनि भएका थिए ।

अब, उनै निखिल काठमाण्डौमा मल्टिप्लेक्स हल संचालन गर्ने तयारीमा छन् । साथै, निखिल अब चलचित्र मेकिङमा बढी सक्रिय हुने तयारीमा छन् । भारतको एक प्रोडक्सन हाउससँग मिलेर निखिलले चलचित्र निर्माणसँगै मल्टिप्लेक्स हल संचालन गर्ने तयारी गरेका हुन् । निखिलले पछिल्लो समय अब आफू चलचित्र निर्माणमा व्यस्त हुने बताउँदै आएका छन् ।