काठमाडौंमा ६ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

वडा नम्बर २ मा अध्यक्षमा एमालेको जित सुनिश्चित

काठमाडौं,जेठ,२-काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ ।

उहाँले ६ हजार भन्दा बढी मत प्राप्त गर्दा मत अन्तर पनि बढाउनुभएको हो ।बालेन्द्रले ६ हजार २ सय ७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका केशव स्थापितले ३ हजार २ सय ४३ मत प्राप्त गर्नुभएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २ को मतगणना सकिंदै छ। १ सय मत गन्न बाँकी रहँदा नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार श्रेष्ठको जित सुनिश्चित भएको छ।

श्रेष्ठले १ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको हो। नेपाली कांग्रेसका सुर्यलाल महर्जनले ९ सय मत प्राप्त गर्नुभएको छ।यो वडामा सदस्यका सबै उम्मेदवारहरु पनि एमाले नै अगाडि रहेका छन् ।