फरार रहेका रेशम चौधरीले गरे आत्मसमर्पण

कैलाली,फागुन,१४-

टीकापुर घटना भए पछि फरार रहेका रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गर्नु भएको छ । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर हुनु भएको हो ।

फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी हुनु भएको थियो । तर, चुनाव जिते पनी  प्रमाणपत्र भने पाएका छैनन् ।

वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश भएन ।

२०७२ भदौ २७ मा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एक बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित सहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो ।प्रहरीले चौधरी सो घटनाको मुख्य योजनाकार रहेको बताउँदै आएको छ ।

सो घटनापछि उनी फरार थिए । फरार अवस्था मै चौधरीले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनु भएको थियो । उहाँ कैलाली क्षेत्र नं १ बाट भारी मतसहित विजयी हुनु भएको थियो ।

चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।यस्तै त्यो बेलाको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै रहेका छन् ।