ला लिगा:बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

काठमाडौं,कार्तीक,८-रियल मड्रिडले बार्सिलोनालाई हराउदै जित निकालेको छ ।स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको मैदानमा रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे।बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए ।

Image

रोड्रिगोको पासमा अलबाले खेलको ३२ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा भास्क्वेजले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको इन्जुरी समयमा अग्युरोले एक गोल फर्काएपनि रियल २-१ ले विजयी भयो ।

यस जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ ।रियलले ९ खेलमा २० अंक जोडेको छ ।बार्सिलोना १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।