अहिले प्रकाशको शव अन्त्येष्टिका लागि आर्यघाटतर्फ लगिदै

काठमाडौं, मंसिर ३-

आकस्मिक हृदयाघातका कारण निधन भएका प्रकाश दाहालको शव पशुपति आर्यघाटततर्फ लगिदैं छ । माओवादी मूख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि शवयात्रा आर्यघाटतर्फ अघि बढिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको शवयात्रामा आफन्तजन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी हजारौं सहभागी छन् ।

दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैं छ । यसअघि प्रकाशको पार्थिव शरीर माओवादी मूख्यालयमा राखिएको थियो । त्यहाँ माओवादी केन्द्रका साथै अरु राजनीतिक दलका नेता कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धाञ्जली दिएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन, विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि श्रद्धाञ्जलीका लागि माओवादी कार्यालय, कोटेश्वर पुगेका थिए ।