मध्यरातमा पत्रकार जैशीमाथी अज्ञात समुहद्वारा खुकुरी प्रहार

पवन मुडभरी/

बौनीयां,मंसीर,३-
नेपाल पत्रकार महांसंघका सदस्य एवम कोशेली एफ एम बौनीयांका पुर्व समाचार वाचक तथा जनता टेलीभिजनका सम्वाददाता पत्रकार लक्ष्मी जैशी माथी गएराती अज्ञात समुहद्धारा खुकुरी प्रहार भएको छ ।

कैलालीको बर्दगोरीया गाउपालीका २ बौनीयां स्थित आफ्नै घरमा सुतीरहेको अवस्थामा गएराती करिब १ बजेको समयमा घरमा तोडफोड हुन थालेपछि घरबाहिर निस्कन खोज्दा लुटेराहरुले जैशीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारवाट उहांको टाउकोमा चोट लागेको छ भने उहांकी आमाको दांत र ओठमा चोट लागेको छ । खाईते आमाछोरा दुवैजनाको कोहलपुर मेडीकल कलेजमा उपचार भईरहेको छ ।

पत्रकार जैशीमाथी भएको आक्रमणको कोशेली एफ एम बौनीयां लगायत जिल्लास्थित विभिन्न सञ्चार माध्यम र पत्रकार सङ्गठने निन्दा गरेका छ्न । उनिहरुले दोषिलाई कडा कारबाहीको माग समेत गरेका छ्न । घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बौनयिाले जानकारी दिएको छ ।