एनआरएनए क्युस्यु जापानद्वारा पुन कार्ड वितरण सूचना जारी फुकुओका

जापान डिसेम्बर ९ ,२०१७

एन आर एन ए क्युस्यु जापानले सदस्यता कार्ड वितरण कार्यक्रम पुन एकपटक संचालन गर्ने भएको छ ।
२०१८ जनवरी ६ तारिख सनिवार बिहान ९ बजे बाट साझ ५ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासीमा कार्यक्रम तय गरिएको छ ।
जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए को सदस्य बनाउने अभियान स्वरुप २०१७ जुन ४ तारिक सम्मको समय दिई अनलाइन मार्फत सदस्य बन्न आव्हान गरेको थियो।त्यो समयमा सदस्य बन्नु हुने सम्पूर्ण महानुभाबहरुलाई एन आर एन ए क्युश्युको २०१७ -२०१९ को कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै कार्ड लिन लिन आउनको लागि संयोजक लक्ष्मन बानियाले अनुरोध गरिएको कुरा प्रवक्ता ज्योति केसीले बताए ।
गत २०१७ जुलाई ९ तारिक बिहान १०बजे बाट साझ ६ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासी कार्यक्रम गरिएको थियो तर उल्लेख्य रुपमा सदस्यहरु परिचय पत्र लिन नआएकोले पुन एक पटक उक्त कार्यक्रम गरेको हो ।सदस्यता सम्बन्धि कुनै जनाराकी चाहिएमा कार्यसमितिलाई सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।