काँग्रेस भित्रको कलहले मन्त्रीमण्डल विस्तारमा ढिलाई

काठमाण्डाैं,असार,२२-

सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले काँग्रेस भित्रको कलहले मन्त्रीमण्डल विस्तारमा ढिलाई भईरहेको खुलासा गर्नु भएको छ ।

प्रवक्ता भुसालले काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रीमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको स्पष्ट पार्नु भयो । उहाँले मन्त्रीमण्डल विस्तार हुन अझै हप्ता÷दश दिन लाग्न सक्ने पनि उल्लेख गर्नु भयो ।

आज भक्तपुरमा स्थानीय संचारकर्मीमाझ कुरा गर्दै प्रवक्ता भुसालले मन्त्रीमण्डल विस्तारको विषयलाई लिएर काँग्रेस भित्र आन्तरिक कलह बढदै गएको पनि बताउनु भयो ।

प्रधानमन्त्री देउवाले करिव १ महिना बित्नै लाग्दा पनि मन्त्रीमण्डल विस्तार गर्न सक्नु भएको छैन ।

प्रवक्ता भुसालले संवैधानिक व्यवस्था अनुसार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

उहाँले आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

उहाँले संविधान संशोधन गरेर राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।