असार महिना मै ल्याए चर्चित मोडल शर्माले “यानीमाया”

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,२२-

पछिल्लो समयमा मोड्लिगं क्षेत्रमा जम्दै गरेका मोडल शन्देस शर्माको अभिनयमा पन्चेबाजा “यानीमाया” सार्बजनिक भएको छ । असारको महिनालाई पनि धेरैको लगनगाठो कसिने महिनाको रुपमा लिन सकिन्छ । त्यसैलाई लक्षित गरि भर्खरै मात्र यस पन्चेबाजाको गित सार्बजनिक गरिएको हो ।

बिवाहलाई समेटेर तयार भएको यस गितको शव्द सिर्जना चर्चित सर्जक एकनारायण भण्डारीको रहेको छ । संगीत शर्माको प्रस्तुती रहेको यस गितमा स्वयम शर्मा र चर्चित गायीका देबी घर्तिको स्वर रहेको छ । भिडियोमा शर्मा संगै चर्चित मोडल सारीका केशीको उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस भिडियोमा बासु बरालको छायाँकन रहेको छ भने भिडियो सम्पादन मिलन बि.क. ले गरेका छन् । बि स्टार फिल्म्स प्रा.लि.ले दृश्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियो लाई स्वयम शर्माको म्युजिक कम्पनी महालक्ष्मी म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।