चर्चित गायक धामीले दाईकी सालीलाई घरवाली बनाउदै

सिर्जना बर्देवा,

ओखलढुङगा,असार, २२-

पछिल्लो समयका चर्चित गायक सज्जन धामीले दाईकी सालीलाई यसपाली घरवाली बनाउदै छन् । चर्चित गायक धामीले लोक पप गित मार्फत घरवाली बनाउने कुरा खुलाएका छन् । लोक गितमा स्वर दिदै आएका गायक धामीले पछिल्लो समय “काली मेरी दाईकी साली” बोलको लोक पप गित सार्बजनिक गरेका छन् ।

अछाममा जन्मीएका गायक धामी निरन्तर गित संगीतमा लागी रहेका छन् । गायक धामीको स्वरमा धेरै गितहरु बजारमा रहेका छन् र आउनेक्रममा पनि छन् । यसैक्रममा नबीन रावलको लय तथा शव्द सिर्जनामा रहेको यस गितमा गायक धामीको स्वर रहेको यस गित बजारमा आएको हो ।

यस गितमा ¥यापरमा स्वयम रावल रहेका छन् ।यस भिडियोको निर्देशन चिरञ्जीबी सापकोटाले गरेका छन् भने बिष्णु फडेराको छायाँकन रहेको छ । भिडियोको सम्पादन स्वयम फडेराकै रहेको छ । यस भिडियो तथा अडियो लाई बिन्दास टिभीले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।