आज बाला चतुर्दशी पर्व मनाइँदै

काठमाडौं,मंसिर,६-आज मंगलबार बाला चतुर्दशी पर्व मनाइँदै छ ।

प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर यो पर्व मनाउने गर्छन् ।

पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरुमा मंगलबार बिहानदेखि नै सतबीज छर्ने भक्तजनहरुको भीड लागेको छ ।

यो पर्वमा भक्तजनहरुको पशुपतिनाथमा विशेष भीड लाग्ने गर्दछ ।