उग्रतारा भगवती मन्दिरमा देहिजाँत सम्पन्न

इन्द्र कार्की/
महेन्द्रनगर,कार्तिक,१८-  

सुदूर पश्चिमको प्रशिद्ध उग्रतारा भगवती मन्दिरमा शुक्रबार धार्मिक बिधिवत रुपमा पुजाआजा संगै देहिजाँत मेला सम्पन्न भएको छ । बिहिबार देखि नै श्रद्धालुभक्त जन एवं मेला भर्नेको डडेल्धुरा सदरमुकाम लगायत मन्दिर क्षेत्रमा बाक्लो घुईचो लागेको थियो ।

एक साता अघि देखिनै उग्रतारा मन्दिर क्षेत्रमा छिमेकी राट्र भारतका विभिन्न स्थान लगायत मुलुकका कयौ स्थानका व्यापारीहरुले आ आफ्नो स्थान ओगटी बसेको उग्रतारा क्षेत्र विकास समिती अध्यक्ष तेजबहादुर र्साकीले बताए ।

उग्रतारा

उनका अनुसार, देहिजाँत सभ्यभव्य रुपमा सम्पन्न भएको छ । भाईटिका देखि डाँडा गन्तिका हिसाबले १५ दिन पछि देहिजाँत मेला लाग्ने प्रचलन रहेको समिती अध्यक्ष र्साकीले बताए । बिहिबार बिहान करिब चार बजे दुमडा, खनमडा, छचोडा, जिलोडा गरी चार गाउबाट बाजागाँजा डोली, धामि, भक्तजन, श्राद्धालुहरु सहित देउरो उग्रतारा मन्दिर पुगे पछि धार्मिक विधिवत रुपमा बिहानको समयमा उग्रतारा भगवती माताको पुजाआजा गरिएको पुजारी लोकराज भट्टले बताए ।

उनले भने, बिहान पुजाआजा पछि दिउसो मेला लाग्दछ भने मध्यान्हको समयमा बाजागाँजा, धामि सहित पाँच वटा स्थानमा रहेका देविका थपनाहरुमा गाँज नाचाईन्छ । उनले थपे, बेलुका पाँच बजे पछी बिहान चार वटै गाउबाट मन्दिरमा भित्र्याईएका देउरा चार गाउमा लगि भ्रणमा राखिए पछि पुजा समापन गरिन्छ ।

देहिजाँतमा टाढा टाढा बाट श्रद्धालुभक्तजन एवँ आस्थावान व्यक्तिहरु आउने भएकाले आफन्तजन संगको भेटघाटले निकै महत्व राख्दछ भने स्थानिय स्तरमा उत्पादित लोप हुन लागेका कृषि उपज पाईने भएकाले जाँतको महत्व अझै बढेको छ ।

देहिजाँतमा बेलुकापख स्थानियले देउडा खेल खेल्ने प्रचलन पनि छ । सुदुरपश्चिमको धार्मिक परम्परा संगै सास्कृतिक कल संस्कृती पनि जोडीएकाले मेलामा लाखौ मेला भर्नेको घुईचो देखिन्छ । बिहिबार सम्पन्न मेलामा देउडा खेल खेल्ने र हेर्ने एवं सुन्ने दर्शकको पनि बाक्लो भिड थियो । रेडियो सुदूर आवाजको सहयोगमा