पोर्चुगल विश्वकपबाटै बाहिरियो : उरुग्वे संग २-१ ले पराजीत

विश्वकप जित्ने रोनाल्डोको सपना पनी चकनाचुर

रसिया,असार,१७-

विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई २-१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हो। 

उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए।अब क्वार्टरफाइनलमा उरुग्वेले फ्रान्सको सामाना गर्नेछ। फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले हराएर अन्तिम ८ मा स्थान पक्का गरेको थियो।

खेलको सातौं मिनेटमै गोल गर्दै उरुग्वेले अग्रता लियो। इडिन्सन काभानीले लुइस सुआरेजले उपलब्ध गराएको क्रसमा डिबक्स भित्रबाट हेडमार्फत उत्कृष्ट गोल गरेका थिए। 

५५ मिनेटमा पोर्चुगलले बराबरी गोल फर्काउन सफल भयो। पोर्चुगलका लागि पेपेले बराबरी गोल गरेका थिए। उनले डिफेन्डर राफायल गियुरेइरोको क्रसमा हेडमार्फत गोल गरे।

तर ६२ मिनेटमा उरुग्वेले दोस्रो पटक अग्रता लिन सफल भयो। यसपटक पनि काभानीले डिबक्स भित्रबाट लोभलाग्दो गोल गर्दा उरुग्वे २-१ ले विजयी भएको हो । यो खेलको हार संगै सबैको उत्कृष्ट खेलाडीको रुपमा पर्न सफल क्रिष्टियानो रोनाल्डोको टिम पोर्चुगलको पनी अन्तत् आगामी विश्वकप जित्ने सम्भावना तुहिएको छ । रोनाल्डोको पनी यस पटक विश्वकप जित्ने सम्भावना चकनाचुर भएको हो ।

यसैविच : फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको छ। २-१ गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित बन्न पुगेको हो। यो पराजयसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ।आज को खेलबाट हार बेहोर्दै बाहिरिएको अर्जेन्टिनाका चर्चीत खेलाडी लिओनल मेस्सीको आफ्नो राष्ट्रलाई विश्वकप दिलाउने उनको सपना अधुरै भएको छ । 

आज १७ असार २०७५ आईतबारका दिन हुने खेल

साँझ ७:४६ बजे स्पेन र रसिया बिच लुजुनिकी स्टेडियम, मास्को रंगशालामा खेल हुनेछ ।

राती ११:४५ बजे क्रोएशिया र डेनमार्क बिच  निजनी नोव्गोरोड रंगशालामा हुनेछ ।

आगामी दिनमा हुने खेलहरुको समय तालीका

१८ असार २०७५ सोमबारका दिन 

साँझ ७:४५ बजे ब्राजील र मेक्सिको बिच समारा अरेना, समारा रंगशालामा हुनेछ ।

राती ११:४५ बजे बेल्जीयम र जापान बिच रोस्तोभ अरेना, रोस्तोव-ऑन-डन रंगशालामा हुनेछ ।

१९ असार २०७५ मंगलबारका दिन 

साँझ ७:४५ बजे स्विडेन र स्विर्जल्याण्ड बिच सेन्ट पीटर्सबर्ग रंगशालामा हुनेछ ।

राती ११:४५ बजे कोलम्बिया र ईग्ल्याण्ड बिच स्पार्टक,मास्को रंगशालामा हुनेछ ।

प्रि क्वाटर खेलबाट ८ वटा देश क्वाटर फाइनलका लागि छानिने छन् । क्वाटरफाइनलको खेल असार २२ र २३ गते हुनेछ ।

जसबाट सेमिफाइनलका लागि ४ वटा देश छानिने छन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ । जसबाट दुईवटा देश फाइनलका लाछि छानिने छन् भने दुई वटा देश तेस्रो स्थानका लागि खेल्ने छन् । तेस्रो स्थानको खेल असार ३० गते हुनेछ भने असार ३१ गते फाइनल खेल मस्कोमा  हुनेछ ।