कुवेतबाट तीन सय नेपाली महिलालाई आज स्वदेश ल्याईदै

काठमाडौं,जेठ,२९-कुवेतबाट दुइटा जहाजमा आज (बिहीबार) तीन सय नेपाली महिला स्वदेश फर्किरहेका छन्।कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सका दुई जहाज नेपाली महिला कामदार बोकेर स्थानीय समय अनुसार बिहानै काठमाडौंका लागि उडेका हुन्।

कुवेत

उनीहरु अहिले बिहान ११:३० र दिउँसो १:३० बजे काठमाडौं आईपुग्ने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। त्रिभुवन विमानस्थलमा अवतरणपछि उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ।

त्यसपछि होटल क्वारेन्टिनमा बस्नेलाई होटलमा र अफ्नो घर फर्कनेलाई सम्बन्धीत प्रदेश तथा स्थानिय तहको समन्वयमा पठाइने छ। उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्ने छ। 

कुवेतले बिनाजरिवाना स्वदेश फर्किन पाउने गरी अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुइटा विमानमार्फत नेपाल पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको थियो।

अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन्। तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन्।कुवेत सरकारका अनुसार यी सबै नेपाली नेपाल फर्काउन कम्तीमा २० उडान गराउने तयारी छ।