दोस्रो चरणको निर्वाचनका लागि नेपालगंजमा मतदाता शिक्षा

मधुपौडेल,

बाँके,जेठ,२६-

दोस्रो चरणको निर्वाचनका लागि यती बेला नेपालगंजमा उपमहानगर कार्यपालिकाका वडाहरुमा मतदाता शिक्षा देखि लिएर मतदानका लागि निर्देशिका पोष्टर टास गर्ने काम भैरहेका छ ।

पोष्टरहरु पा“च प्रकारका भएको तथा स्थानिय वासीलाई सरलर सहजका लागि उद्धु तथा अवधि भाषामा पनि छापिएका पोष्टरहरु टास्ने काम वडाहरुमा भएको छ । 

। खास गरी वडा पहिलो चरणको निर्वाचनमा धेरै मतहरु बदर भएको हुदाँ दोस्रो चरणको निर्वाचनमा मतहरु बदर नहुन भन्ने उदेश्यका साथ निर्वाचन आयोगको मतहतमा रहि यहाँका सामाजिक परिचालकहरु आ आफ्नो वडामा खटिएका छन ।

निर्वाचन नजिकिदै गर्दा आफुहरु आफ्नो वडामा मत वदर नहोस भन्ने उदेश्यका साथ पोष्टर टास देखि लिएर मतदाताहरुलाई घरघरमा गई मतदान कसरी गर्ने भन्ने कुराको शिक्षा दिएको बताउनु हुन्छ सामाजिक परिचालक दिपा कुमारी उपाध्याय ।

सामाजिक परिचालक उपाध्यायले वडाका वडावासीहरुको पनि स्वस्फुर्त रुपमा यस कार्यमा सभागिता देखिएकाले आफुहरुको उदेश्य पुरा हुनेमा ढुक्क बताउनुहुन्छ ।

यसैगरी वडा न २ का स्थानिय वासी दावा शेर्पा भन्नु हुन्छ ,“निर्वाचन भनेको जनताको अधिकार तथा आफ्नो प्रतिनिधि छनोटको प्रक्रियमा भएको हुदा यसमा हामीहरु लाग्नु पर्दछ ,”।

यसैगरी स्थानिय वासी सोही वडाका फिरोज अलि अन्सारीले आफु निर्वाचनमा सहभागि हुनका लागि उत्सुक रहेको बताए । उनले वडाका विभिन्न स्थानमा पोष्टर टासमा सहयोग गरेको सामाजिक परिचालक उपाध्यायले हामीलाई बताउनु भयो ।