जातिय भेदभाव विरुद्ध बृहत छलफल कार्यक्रम नरैनापुरमा सम्पन्न

नेपालगञ्ज,चैत्र,१७-

अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा जातिय भेदभाव उन्मुलन सम्बन्धिको बृहत छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

दलित संजाल मंच बाँके को आयोजना र नरैनापुर गाँउपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा दलित अधिकार, परिवर्तित सन्दर्भमा जातिय विभेदका आयामहरु र अवस्थाहरु, वर्तमान कानुन र कानुनको पालनको अवस्था, सरोकारवाला र स्थानिय सरकारको जातिय भेदभाव तथा छुवाछुतको अन्त्यकालागि गरिएका पहल तथा प्रयास वारेमा छलफल भएको थियो ।

कार्यक्रमको दलित संजाल मंचका अध्यक्ष मोलहे आर्य धोवीको अध्यक्षता, प्रमुख अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साह, प्रमुख अतिथिहरु उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिका पुर्व निर्देशक कृष्ण वि.क रसाईली, दलित गैरसरकारी संस्था महासंघका प्रतिनिधि बुद्ध सुनार, राजनितिक दलका हिकमत विश्वकर्मा लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

संघिय लोकतन्त्र गणतन्त्रात्मक मुलक नेपाल भई सक्दापनि, नेपालको संविधानमा जातिय भेदभाव तथा छुवाछुतलाई अपराध मानेतापनि नेपाली समाजमा जातिय भेदभावका घटनाहरु पत्रपत्रिकामा छ्यापछ्याप्ती आउनु र ज्यान समेट गुमाउन पर्ने पक्षले सम्पुर्ण दलित समुदायलाई मर्माहित पारेको छ ।

ज्ञापन पत्रमा संविधानको कार्यान्वयन कडाईकासाथ हुनुपर्ने, जातिय विभेद तथा छुवाछुत कसुर र सजाय ऐनको कार्यान्वयन हुनु पर्ने, युवा रोजगारीमा दलित मधेसी दलितलाई विशेष व्यवस्था गरिनु पर्ने । जातिय भेदभाव विरुद्धको निगरानि केन्द्र स्थापना गरिनु पर्ने ।

दलित लक्षित कार्यक्रम तथा बजेट तय गरि योजना तर्जुमाबाट आउनु पर्ने जस्ता दलितहरुको समग्र अवस्थालाई सम्बोदन गर्दै ११ बुदे ज्ञापन पत्र दलित नागरिक समाजका तर्फबाट संयूक्त रुपमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साहलाई हस्तान्तरण गरियो ।

ज्ञापन पत्रलाई सम्बोदन गर्दै आगामि बर्षको योजनामा छुवाछुत मुक्तकालागि गाँउपालिकाले विभिद कार्यक्रम गर्ने, संविधान र कानुनको कार्यान्वयनलाई प्रभावकारी गराउने, गाँउपालिकामा निगरानी केन्द्र स्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा राप्ति सोनारी गाँउपालिका, नरैनापुर गाँउपालिका र ढुढुवा गाँउपालिकाका स्थानिय दलित तथा गैर दलितहरु छ सय बढिको सहभागितामा भव्यता पुर्वक सम्पन्न भयो । कार्यक्रम पाँच घण्टा बढि संचालन भएको थियो ।