सरकारद्वारा राहत वितरणमा एकद्वार नीति लागू, आफूखुसी राहत बाँड्न नपाइने

काठमाडौं,साउन, ३०-

बाढी पीडितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लागू गरेको छ । एकद्वार नीति लागू गरेपछि अब एनजीओ र आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् ।

सोमबार बसेको दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले राहत वितरणमा एकद्वार नीति अपनाइने भन्दै एनजीओरआईएनजीओलाई आफूखुसी राहत बाँड्न नदिन निर्देशन दिनुभएकाे छ । मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ ।

अब नगद राहत दिनेहरुले प्रधानमन्त्री केन्द्रीय दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गर्नुपर्ने छ । राहत सामाग्री समितिसँग समन्वय गरी थापाथलीस्थित नेपाल खाद्य संस्थानको गोदाममा वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामघरमा जम्मा गर्नु पर्नेछ ।

बैठकले १० दिनभित्र बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिको विवरण संकलन गरिसक्न निर्देशनसमेत दिएको छ ।नेपालवाणीबाट