नेपाल शिक्षक संघको भेला लमहीमा सम्पन्न

रोशन घर्त्ती/

लमही,मंसिर,२-

नेपाली काग्रेश निकट नेपाल शिक्षक सघ क्षेत्रनम्बर १का शिक्षकहरुको भेला आज लमहीमा सम्पन्न भएको छ । भेलाले आसन्न प्रतिनिधि शभा निर्बाचन र प्रदेश शभानिर्बाचनमा नेपाल शिक्षक सघले खेल्न सक्ने भुमिकाको बिषयमा ब्यापक छलफल भएको थियो ।

नेपाल शिक्षक सघ क्षेत्र नम्बर १ का क्षेत्रिय शभापति दाम बहादुर बिसिको अध्यक्षता तथा शिक्षक सघका जिल्ला अध्यक्ष युबराज बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रममा बोल्दै प्रतिनिधि शभा सदस्य पदका उम्मेदावार शुसिला चौधरीले लोकतनत्रमा मात्र कर्मचारी ट्रेडयुनियन अधिकार सुनिश्चत हुने भएकोले ट्रेडयुनियन अधिकार सुनिश्चत गर्न नेपाली काग्रेशलाई जिताउन आबश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै पुर्ब सासद तथा नेपाली काग्रेशका नेता योगेनद्र चौधरीले लोकतनत्रको रक्षा नागरिकको दैनिक जनजिबिकाको सवाल र समग्र देश बिकाशको लागी काग्रेशले गरेको सकारात्मक कार्यलाई मतदाता सामु पु¥याई मतदातालाई काग्रेशको समग्र निति र मार्ग चित्र देखाउन शिक्षक सघमा बाबद्ध बौदिक जमातलाई आग्रह गर्नुभयो ।

निर्बाचन क्षेत्र नम्बर १ प्रदेश शभा २का उम्मेदवार जानका लाल बस्नेतले नेपाली काग्रेशले जितेमात्र लोकतनत्र बलियो हुने र लोकतनत्रमा मात्र शिक्षक सघ लगाएतका सघ सस्थाहरुका हक अधिकार सुनिश्चत हुने भएकोले काग्रेशलाई जिताउने अभिायानमा लाग्न शिक्षक सघमा आबद्ध सबैलाई अपिल गर्नुभयो ।

निर्बाचन क्षेत्र नम्बर प्रदेश शभा १का उम्मेदवार प्रदिप थापाले लामो समय पछि शिक्षक सघमा आबद्ध ब्यक्तीले प्रदेश शभाको निर्बाका लागी पार्टिले बिश्वास गरेको भन्दै लोकतन्त्रको सुदृढिकरण र लोकतान्त्रिक सस्कारको बिकाशका लागी आफुलाई जिताउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सघ प्रदेश नम्बर छका अध्यक्ष केपि घिमिरेले यो बेला काग्रेशको ईतिहास बोल्ने बेला नभई काग्रेशले देश बिकाश र नागरिकको जिबिकोपार्जमा पु¥याएको योगदानको बारेमा मतदातालाई प्रशिक्षीत पार्दे काग्रेशको पक्षमा जनलहर ल्याउन जरुरीरहेको बिचार ब्यक्त गर्नुभयो ।

सो अबसरमा नेपाल शिक्षक सघ क्षेत्रनम्बर अनर्तगत गढवा गाउपालिकाका शिक्षक हिमाल अधिकारी, राप्ति गाउपालिकाका सुर्य प्रकाश भण्डारी, राजपुर गाउपालिकाका योग बहादुर यादब र लमही नगरपालिकाका टुकाराम पौडेलले आ आफ्नो क्षेत्रको बिषयमा जानकारी गराउनुभएको थियो ।