मोफसलको फुटबल तालिका सार्वजनिक

काठमाण्डौं,पुस,८-

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।एन्फाले बुधबार फागुन पहिलो साताबाट बैशाख पहिलो साता भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

एन्फाले विभिन्न जिल्लामा हुने २५ प्रतियोगिताको तालिका निकालेको हो ।एन्फाले निकालेको तालिका अनुसार फागुन १ देखि १० सम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षि गोल्डकप र मकवानपुरमा बाग्मती गोल्डकप हुनेछ ।

फागुन ५ देखि १५ सम्म चितवनको राइनो गोल्डकप, फागुन ८ देखि १७ सम्म धरानको बुढासुब्बा गोल्डकप र बुटवलको तिलोत्तमा गोल्डकप हुनेछ ।फागुन ११ देखि २२ सम्म धनगढीमा खप्तड गोल्डकप, फागुन १५ देखि २४ सम्म झापामा झापा गोल्डकप, ईलाममा माइभ्याली गोल्डकप र बाग्लुङमा मेयर कप हुनेछ ।

फागुन २२ देखि चैत १ भित्र पोखरामा आहा रारा र सर्लाहीमा राजर्षि जनक, विशाल मेमोरियल गोल्डकप बिरगंज, फागुन २२ देखि चैत ३ सम्म भरतपुरमा चितवन गोल्डकप, नेपालगन्जमा नेपालगन्ज गोल्डकप हुनेछ ।

फागुन २९ देखि चैत ८ सम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहबी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गंगा गोल्डकप, चैत ६ देखि १५ सम्म सिमरामा सिमरा गोल्डकप, मदन भण्डारी गोल्डकप सुनसरीमा हुनेछ ।

चैत १३ देखि २२ सम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रेमा काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप हुनेछ ।यस्तै चैत २० देखि २९ सम्म एन्फा नकआउट प्रतियोगिता काठमाडौंमा हुनेछ ।चैत २७ देखि वैशाख ६ सम्म झापामा मेचीनगर गोल्डकप हुनेछ । साभार खेलपाटीबाट