टोकियो,जापान,असार,२२-सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ।वर्षायाममा अथवा हुरीबतासको मौसममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन नै चट्याङ् हो।
चट्याङ आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो।
यसैविच:जापानमा चाहिँ चट्याङ पर्नु भन्दा पहिले नै थाहा पाउन विभिन्न स्थानमा राडरहरु राखिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ।जुन राडरहरुले मौसम पूर्वानुमान जस्ता जानकारी प्रदान गर्न सक्दछ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार यहाँ लाइटनिङ राडारहरू छन् जसले देशका ३० स्थानहरूमा चट्याङबाट उत्पन्न रेडियो तरंगहरू उठाउँछ र चट्याङको स्थान र समय जस्ता जानकारी सहजै प्रदान गर्न सक्छ।जापान मौसम विज्ञान एजेन्सीले बिजुली रडारबाट जानकारी प्रयोग गर्दै आईरहेको छ।
जापानमा चट्याङ बिजुलीको शक्ति र प्रत्येक १० मिनेटमा बिजुली चमक हुने सम्भावना थाहा पाउन जापान मौसम विज्ञान एजेन्सीको होमपेजमा गएर सहजै जानकारी लिन सकिन्छ।
अर्को कुरा जापानमा कन्साई इलेक्ट्रिक पावरले “बिजुलीको जानकारी” प्रकाशित गर्न बिजुली रडार पनि प्रयोग गर्दछ जसले बिजुली स्ट्राइकको स्थानहरू र बिजुली उत्पन्न गर्ने गर्जनको स्थानहरू देखाउँछ।
यसैविच:पछिल्लो समय नेपालमा हरेक वर्ष चट्याङले ज्यान गुमाउने वा घाइते हुनेको संख्या बढ्दो छ।प्राकृतिक विपत्तिका रूपमा आउने चट्याङका घटना वर्षा याममा बढी हुने गरेको छ।
मुलत : प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाए भने खोज्न सकिन्छ।
चट्याङ्बाट कसरी बच्ने ?
चट्याङबाट बच्नको लागी घर बाहिर भएमा वर्षातको बेलामा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने गर्नुपर्छ।चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम हुन्छ।पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन।फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने ।
सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ।पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किदा राम्रो हुन्छ।ठूला रुख, विजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुदैन।विजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्छ।
चट्याङ सँग जमीनमा झर्ने वस्तुहरू :
चट्याङ् एक विद्युतिय करेण्ट हो तर पनि चट्याङ् सँग ढुङ्गा जस्तै कडा धातुहरूको आगमनको अनुमान गरिन्छ।जसले गर्दा चट्याङ् परेको रुखमा बोक्राहरूका साथै कतै कतै त हाँगा समेत खसेको देखिन्छ।पश्चिम नेपालको भाषामा चट्याड्लाई “चिड्को” “चिर्को” भनिन्छ।
उनिहरूको अनुमानमा चट्याङ्मा बन्चरो, ओदान, निकान, पेठो आदी वस्तुहरू खस्छन्।कतिपय मान्छेले चट्याङ् परेको रुखमुनी खनेर निकालिएका बन्चरा आकारका ढुंगाहरू तान्त्रिक प्रयोग गरि रहेको पनि देखिएको छ।यस्ता वस्तुहरू कमै मात्रामा भेटिन्छन्।गाईको गोबर, केराको बोट, बाधो पहराको सम्पर्कमा आए पछि यस्ता वस्तुहरू जमीनमै रहने जन विश्वास छ।
चट्याङ्का असरहरू :
क्युमुलोनिम्बस बादमा हुने थन्डरस्ट्रोम प्रक्रियाको उपज हो चट्याङ।चट्याङ सँगै पृथ्वीको सतहमा रहेका भौतिक तथा जैविक वस्तुहरुमा क्षति पुग्ने त छँदैछ थन्डर स्ट्रोम प्रक्रियाका अरु धेरै असरहरु पनि छन्।
ठूलो आवाजको गड्याङ गुडुङ मानिसलाई सुन्नका लागि पनि निकै डरलाग्दो हुन्छ भने जति धेरै आकाश गज्र्यो उति धेरै वषर हुने गरेको पनि सबैले अनुभव गरेको कुरा हो। क्युमुलोनिम्बस बादलमा हुने थन्डरस्ट्रोम प्रकृयाले ठूलो हावाहुरी,आँधीवेहेरी,असिनापात, तथा टोर्नाडो, साइक्लोन जस्ता विनाशकारी आँधी समेत ल्याउने गर्छ।
भुमध्यरेखिय क्षेत्रहरु तथा समुद्रको नजिक पर्ने क्षेत्रहरुमा चट्याङ सँगै यस्ता प्राकृतिक विपत्तिहरु आउने गर्छन्।त्यस्तै निकै ठूलो वर्षा का कारण बाढि,पहिरो जस्ता विपद पनि यही वायुमण्डलीय उर्जाका परिणति हुने गर्छ।
चट्याङका फाइदा :सुन्दा अचम्म लाग्न सक्छ चट्याङ पर्दा पनि पाईदा हुन्छ र? तर आकाश गर्जने,विजुली चम्किने वा चट्याङ पर्ने प्रक्रिया हानीकारक मात्र होइन फाइदाजनक पनि हुन्छ।
किनकि पर्यावरणीय सन्तुलनको लागि चट्याङ पर्ने बेलामा उत्पन्न हुने तापिय उर्जा निकै महत्वपूर्ण हुन्छ।आकाशमा विपरित चार्ज भएका बादलहरुबीचको घर्षण ले जुन ठूलो मात्राको तापिय उर्जा उत्पन्न गर्छ त्यसले गराउने रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने पदार्थ वनस्पतीहरुका लागि फाइदाजनक हुन्छ।
वायुमण्डमा ग्यासको रुपमा रहेको ठूलो परिमाणको नाइट्रोजनलाई वनस्पतीले ग्रहण गर्नसक्ने खालको नाइट्रेटको रुपमा बदल्ने काम त्यही तापिय उर्जाले गर्छन।विजुली चम्किँदा उत्पन्न भएको अत्यधिक तापक्रममा नाइट्रोजन ग्यास अक्सिजन ग्यास सँग मिलेर नाइट्रेट बन्दछ जुन पदार्थ वर्षासँगै पृथ्वीमा आउँछ माटोमा मिल्दछ जसलाई विरुवाले मलको रुपमा लिन्छन्।
त्यसकारण पनि गड्याङ गुडुङ सहित परेको पानी मलिलो हुन्छ भनेर बुढापाकाले भन्ने गर्छन्।गड्याङगुडुङ सहित परेको पानीले युरिया मलमा भएको जस्तै पोषण तत्व बोकेको हुन्छ त्यसैले बालीनाली वा बोटविरुवाका लागि यो निकै फाइदाजनक हुन्छ।
त्यसकारण हाम्रा भौतिक संरचना वा जनधनको विनाश गर्ने रुपमा आएको चट्याङ हाननीकारक भएपनि जुन प्रक्रियाद्धारा चट्याङ पर्छ त्यो बोटविरुवा,बालीनाली वा अन्ततः हाम्रै लागि निकै फाइदाजनक र अत्यावश्यक छ।
यो समाचार विभिन्न विज्ञको भनाई अनुसन्धान र वेवसाईटको सहयोगमा खोजी गरी लेखिएको हो।