नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

१९ वर्षिय कुशलको नेपालका लागी सबै भन्दा छिटो ओडिआईमा शतक प्रहार !!

काठमाडौं,बैशाख,८-एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ ।

नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो ।

कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १०८ र सोमपालको रन मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।

१९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

कुशल ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरिसकेका छन् ।

सन् २०२० मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिका विरुद्ध डेब्यु गरेका कुशल मल्लले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन् । उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा सातौं स्थानमा छन् ।

यस्तै ओडिआईमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा सोमपालले अविजित ६३ रन बनाए ।यस्तै अविजित रहदै करण केसीले १५ बलमा १ छक्का र २ चौकाको मद्दतमा २९ रन बनाए ।

पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औ बलमा रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट हुँदा नेपालले रन जोडेकै थिएन ।

कुशल भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।

त्यसपछि भिम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकिसय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी गरे ।

रोहित ३४ बलमा २३ रन बनाएर १८औं ओभरमा आउट भए । त्यसपछि भिम पनि २०औं ओभरमा आउट भए । भिमले ५६ बलमा ३३ रन योगदान गरे ।

भिम र रोहित आउट भएपछि आरिफ शेख र कुशल मल्लले नेपालको इनिङ्स अघि बढाए । आरिफ र शकुशल मल्ले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफले ४३ बलमा २९ रन बनाए ।

कुशलले मल्लले ६४ बल खेल्दै ९ चौका र १० छक्का मदतमा १०८ रन बनाए । ७२ रनमा ४ विकेट गुमाएको नेपालको इनिङ्सलाई कुशलले आक्रमक ब्याटिङ गर्दै माथि उकासेका थिए ।

दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।