प्रदेश नं. ७ मा ठूला उद्योग खुल्ने क्रम तीव्र

काठमाडौं, जेठ,१४-

पछिल्ला केही वर्षयता प्रदेश नं. ७ मा ठूला उद्योग खुल्ने क्रम तीव्र भएको छ । चामल, खाने तेललगायत परम्परागत साना उद्योगमा निर्भर यो प्रदेशमा पछिल्लो एक दशकमै चामल र तेल लगायत मैदा, चिनी, बिस्कुट, दानाका ठूला उद्योगसमेत खुलेका छन् ।

पछिल्ला केही वर्षमा कञ्चनपुरमा दुईवटा ठूला चिनी उद्योग खुलेका छन् जसको लगानी करिब चार अर्ब रुपियाँ रहेको बताइएको छ । त्यस्तै, यहाँ खुलेका तीनवटा ठूला मैदा उद्योगमा करिब दुई अर्ब रुपियाँ लगानी भएको छ । पाँच वर्षयता खुलेका चारवटा दाना उद्योगमा ५० करोड रुपियाँभन्दा बढी लगानी भएको छ । यसैबीचमा दुईवटा ठूला बिस्कुट उद्योग पनि खुलेका छन् ।

यहाँ हालसम्म मैदा मिल तीन, सुगर मिल दुई, तेल मिल एक, नमकिन उद्योग दुई, दाना उद्योग चार, ह्याचरी उद्योग तीनवटा खुलेका छन् । यसैगरी, बिस्कुट उद्योग दुई ९हाल एउटा बन्द०, डिस्टिलरी दुई, रोजिन दुई, राईस मिल करिब ४०, बेकरी उद्योग एकवटा खुलेका छन् । आजको गोरखापत्रमा खबर छ ।