गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,असार,७-गण्डकी प्रदेशमा आज बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ ।

आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नपाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै,म्याग्दीको रघुग‌गा गाउँपालिका २ महिला, मंगला गाउँपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो । तनहुँको रिसिङ गाउँपालिकाका १ पुरुष र पर्वतको कुश्मा नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका ११ वटै जिल्लामा कोरोनाको संक्रमण देखिएसँगै प्रदेशका सबै जिल्ला रेड जोनमा परेका छन् । शनिबार साँझ मुस्ताङको छैरो शरणार्थी शिविरमा काठमाडौंबाट पुगेका ८३ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो । उनी तिब्बती शरणार्थी हुन् ।