जापान सहित ३० देशबाट फर्किए ४५ हजार नेपाली

काठमाडौं,साउन,२३-सरकारले चार्टर्ड उडान खुल्ला गरेपछि विदेशबाट झण्डै ४५ हजार नेपाली स्वदेश फर्किएका छन्।कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्यांक अनुसार शुक्रबार बिभिन्न देशबाट १ सय ४४ नेपाली स्वदेश फर्केका छन्।

त्यसअघि बिभिन्न ३० देशबाट चार्टर्ड उडानबाट ४४ हजार ७ सय ९९ जना फर्किएका सो केन्द्रले जनाएको छ।सबैभन्दा धेरै युएई, साउदी, कतार, मलेसिया र कुवेतबाट फर्किएका छन्।

सबैभन्दा कम श्रीलंकाबाट ५ जना, स्विट्जरल्याण्डबाट १० जना, म्यानमारबाट २६ र अफगानिस्तानबाट ३३ जना फर्किएका छन्।

यसैबिच:सरकारले  लकडाउन गरेयता जापानबाट मात्र  १ हजार २३ जना स्वदेश फिर्ता भएका छन् ।स्वदेश फिर्ता भएका मध्य सबै भन्दा बढी बागमती प्रदेशका ५७० जना रहेका छन् ।

यस्तै प्रदेश नं. १ का ६० जना, प्रदेश नं. २ का १९ जना, यसगरी गण्डकी प्रदेशका २३६ जना त्यस्तै प्रदेश नं. ५ का १२१ जना, कर्णाली प्रदेशका ५ जना र सुदूरपश्चिम प्रदेशका १२ जना फर्किएका हुन् ।