इरानमा ६.३ रेक्टर स्केलको भूकम्प, पाँच जनाको मृत्यु

एजेन्सी,असार,१८-इरानको दक्षिणी क्षेत्र होर्मोजगान प्रान्तमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

भुकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । आज बिहान पटक–पटक गएको भुकम्पमा दर्जनौं घाइते भएका छन् ।

बन्दर अब्बास नजिकैका गाउँ र शहरहरूमा कम्तीमा ३० वटा पराकम्पन महसुस गरिएको बीबीसीले जनाएको छ । भुकम्पले धेरै गाउँहरूमा घरहरू क्षति पु¥याएको र केही समयका लागि विद्युत अबरुद्ध भएको थियो ।

भूकम्पको धक्का छिमेकी देश संयुक्त अरब इमिरेट्समा पनि महसुस गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पको त्रासका कारण अधिकांश मानिस अझै पनि स्थानीय अधिकारी र आपतकालीन सेवाहरू स्थापना गरेका अस्थायी संरचनामा बसेका छन् ।