‘नेपहप को श्रीपेच’को पहिलो विजेता बने साइमन बिष्ट (भाईबर)

फाईल तस्विरमा : ‘नेपहप को श्रीपेच’को पहिलो विजेता साइमन बिष्ट (भाईबर) लाई श्रीपेच लगाउदै कठमाडौ महानगरपालीकाका मेयर बालेन शाह !!

काठमाडौं,असार,१८-नेपालको पहिलो र्‍याप रियालिटी सो ‘नेपहप को श्रीपेच’को पहिलो सिजनको विजेता साइमन बिष्ट (भाईबर) बनेका छन् । 

शनीबार राती काठमाडौंमा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट ल्याएको आधारमा भाईबर “नेपहप को श्रीपेच’को विजेता बन्न सफल भएका हुन् । 

उनलाई काठमाडौं महानगरपालीकाको नव निर्वाचीत मेयर अर्थात जज बालेन शाहले नेपहपको श्रीपेच लगाई दिएका थिए ।

विजेता “भाईबर” ले  १० लाख नगद पुरस्कार संगै विभिन्न आकर्षक गिफ्ट  ह्याम्पर र वल्ड टुरका लागी अष्ट्रेलीयाको टिकट पनि प्राप्त गरेका छन् ।

यससँगै पहिलो रनअर अप जेनिस क्षेत्री भएका छन् भने दोस्रो रनअर अप बाबु बिलीभर भएका छन् ।

विजेतासहित फाइनालिस्ट र प्रतियोगितामा सहभागी केही कलाकारले विश्वका विभिन्न देशमा सांगितिक भ्रमणको अवसर पाउनेछन् ।स्मरण रहोस् यसअघी नै आउट भएका डिएन एक्स (DNX) ले पनि अष्ट्रेलीया टुरको टिकट पाईसकेका छन् ।