निर्बाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालीम सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर,५ –
ओखलढुंगामा आगामी निर्बाचनका लागी खटाईएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत २ दिने तालिम सोमबार सम्पन्न भएको छ । जिल्ला निर्बाचन कार्यलय ओखलढुंगाको आयोजनामा सदरमुकाम स्थित सगरमाथा जनता उच्च माध्यामिक विद्यालयमा तालीम दिईएको हो ।

दुई दिन संचालन गरिएकोे तालिममा मतदानका प्रक्रिया, मतदान स्थल व्यवस्थापन, मतपत्रको नमुना तथा मतसंकेत गर्ने प्रक्रिया र निर्वाचन सुरु देखि मतगणनाका प्रक्रिया, सुरक्षा व्यवस्था लगायतका विषयमा र मतदानका लागि गरिएको सुरक्षाका विषयमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र नेपाल प्रहरीका प्रमुख अर्जुन तिमल्सिना लगायतकाले सहभागीहरुलाई जानकारी गराएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका निर्वाचन अधिकृत अर्जुन राईले जानकारी दिनुभयो ।

तालिमममा मतदान स्थलको नमुना समेत तयार गरी प्रदर्शन गरिएको थियो । । टाढाका गाउ्रँपालिकामा खटिएका कर्मचारीहरुलाई भोलि नियुक्ति दिई मतदानका लागि आवश्यक निर्वाचन सामाग्री सहित मतदान क्षेत्रमा खटाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत सहित एक मतदान केन्द्र बराबर ४ जना सहायक कर्मचारी र दुईजना सहयोगि कर्मचारी गरी आठ जना कर्मचारी खटाईएकोे मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए । ओखलढुंगामा एक सय ४१ मतदान केन्द्रका लागी सोही संख्यामा मतदान अधिकृत तथा सोही संख्या मै सहायक मतदान अधिकृत निर्वाचानमा खटिएका छन ।