अछाममा काँग्रेसको चुनावी अभियान तिब्र

पुष्प कुँवर/

अछाम,मंसिर,४-

चुनाव हुने मिति नजिकै आएदेखी नेपाली कांग्रेस अछामले आफ्नो अभियानलाई तिब्रता दिइरहेको छ । आज एक कार्यक्रमका बिच नेपाली काँग्रेस अछामका नेता तथा पूर्व साँसद बलबहादुर कुवँरले संसारबाटै हराउदै जान थालेको कम्युनिष्टहरु नेपालमा शासन गर्ने सपना बाड्नु दिवा सपना भएको बताएका छन् ।

यो लोकतन्त्रवादी र कम्युनिष्टहरु विचको लडाई हो भन्दै नेता कुवँरले संविधानको रक्षा गर्न काँग्रेसले जित्नै पर्ने जिकिर गर्नुभयो ।प्रतिनिधि सभा १ अन्र्तगत आज साँफेबगरको जनकल्याणमा भएको चुनावी सभालाई सम्वोधन गर्दै पूर्व राजदुत समेत रहेका कुवँरले चार ओटा कम्युनिष्ट प्रधानमन्त्री बन्दा पनि मुलुकलाई संविधान दिन नसकेको स्मरण गर्दै कम्युनिष्टगठबन्धनले सर्वहाराको हितमा विकास गर्ने सपना बाँडेर जनता नझुक्याउन कम्युनिष्टहरुलाई आग्रह गर्नुभयो ।

चुनावी सभाका बिशिष्ट अतिथि पूर्व पार्टी सभापती नैनसिंह कडायतले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानले धर्म, संस्कारको रक्षा गर्दै सबै नागरिकलाई सिंहदरवारको अधिकार घरदैलोमा ल्याउने काम गरेको बताउनु भयो । लोकतन्त्र र जनताको अधिकारलाई सुनिश्चित गर्नका लागि पनि काँग्रेसको विजयी अपरिहार्य भएकोमा कडायतको जोड थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेद्धवार मेघराज खड्काले कम्युनिष्टगठबन्धनको नाउमा जनताको अधिकार कुण्ठित गर्ने काम हुन थालेको प्रति जनता सचेत रहन आग्रह गर्नुभयो । पूर्व पार्टी सभापति समेत रहेका उमेदवार खड्काले वोल्ने अधिकार, न्यायका अधिकार, प्रतिनिधि छान्ने अधिकारलाई कम्युनिष्टगठबन्धनको नामबाट मुलुकमा साम्यवादी शासन लागु गर्ने योजना भईरहेकाले लोकतन्त्रलाई बलियो बनाउन काँगेंसलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

काँग्रेसको विजयी सुनिश्चित भए मात्रै लोकतन्त्र सगै समुन्नत नेपालको विकास सगै अछामको पनि मुहार फेरिनेमा उहाँको जोड थियो ।नवराज बुढाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक नरबहादुर कुवँर, महाधिबेशन प्रतिनिध ध्वजबहादुर कवँर, महाधिबेशन प्रतिनिधी टक्कर ताम्राकार, पशुपती खड्का, हर्कबहादुर कुवँर, बिक्रम कुवँर, दिप कुवँर, ईश्वर सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियो ।