‘राज्जा रानी’ फिल्मको छायाँङकन बाँकेमा शुरु

एक देव आचार्य
नेपालगंज,फागुन,६-नेपालगंजको बागेश्वरी मन्दिरमा आज ‘राज्जा रानी’ फिल्मको नरिवल फुटाएर उद्घाटन गरिएको छ । बागेश्वरी मन्दिरमा पहिलो दिन नरिवल फुटाएर फिल्मको छायाँङकन शुरु गरिएको हो । नेपालका ग्रामीण भेगका समुदायको कथा बोल्ने गरी फिल्म ‘राज्जा रानी’ निर्माणको घोषणा भएसंगै आजबाट फिल्मको छायाँकन शुरु गरिएको छ ।

फिल्मको निर्देशन ‘कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र, रानी लेखिसक्नु भएका यम थापाले पहिलो पटक गर्न लाग्नु भएको हो । यो फिल्ममा नायिकाको रुपमा केकी अधिकारी, नायकको रुपमा नाजिर हुसेन र कामेश्वर चौरासियाको मुख्य भूमिका रहने छ । छायाँङकनको क्रममा फिल्मका निर्देशक यम थापाले  ‘राज्जा रानी फिल्मलाई प्रेमको अर्थमा बुझ्नुपर्ने बताउनु भएको छ ।

‘पश्चिम तराई र मधेशमा बोलिने शब्दावली र संवेदनामाथि फिल्म बनाउन लागेको जानकारी दिनुभएको छ । उहाँले सानो भेगको जनजाति कथामाथि फिल्म बनाउन लागेको थापाले बताउनु भएको छ । ‘राज्जा रानी’ फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन हुनेछ ।

फिल्ममा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय हुने फिल्म निर्देशक थापाले जानकारी दिनुभयो । उहाँले यो ‘राज्जा रानी’ फिल्मको छायाँङकनको दृश्य बाँके र बर्दियाका जिल्लाका विभिन्न ठाँउमा हुने जानकारी गराउनु भएको छ । आफुहरुले यो फिल्म ३५ दिनमा खिचिसक्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।