रक्षा मन्त्रालयको नयाँ भवन बन्ने

काठमाण्डाैं, साउन,२५-

रक्षा मन्त्रालयको नया भवन बन्ने भएको छ । ७२ सालको भूकम्पले रक्षा मन्त्रालय रहेको सिंहदरबारको मुख्य भवन प्रयोग गर्न नमिल्ने गरि क्षति पुगे पछि मन्त्रालय भवन बिहिन बनेको थियो।

बुधबार बिहान प्रधानमन्त्री शेर बहादुर देउबाले सिंहदरबारको दक्षिण पश्चिम मा रहेको नेपाली सेनाको क्याबलरी (घोडा स्याहार केन्द्र ) गुल्म रहेको स्थानमा रक्षा मन्त्रालयको नया भवन निर्माण को शिलान्यास गर्नु भयो ।

बेसमेन्ट र कौसी भाग बाहेक ५ तलाको हुने नया भवन ५९४७.१६ वर्ग मिटरमा बन्ने भएको छ । २०७७ असारमा निर्माण सम्पन्न गर्ने गरि डाँफे समानान्तर जे भी ले ठेक्का पाएको यो भवनको लागत १९ करोड ३३ लाख ४ हजार रहेको छ।

१०५ वटा कोठा रहने भवन भुकम्प प्रतिरोधी हुनुका साथै अग्नि निरोधक प्रणाली जडान भएको हुनेछ। शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्रि शेर बहादुर देउबाले भवन निर्माणमा आर्थिक अनुशासन को पालना र तोकिएको समयमानै निर्माण सम्पन्न गर्न निर्देशन दिनु भयो।

निर्माण हुने भवन अपाङ्ग मैत्री, प्राकृतिक बतानुकुलित र लिफ्ट सहितको हुनेछ। भुकम्प पछि आफ्नो भवन नहुदा मन्त्रालय सिंहदरबार भित्र रहेको राष्ट्रिय सुरक्षा परिषद्को भवनमा रहेको छ।

मन्त्रालयको दैनिक कार्य संचालन हुदै आएपनि पर्याप्त कोठा र कार्यालय सुविधा नहुदा काम प्रभावित हुदै आएको छ। नेपालवाणीबाट