धनगढीका मेयर “भोट बराबरको बोट “कार्यक्रमलाई तिब्रता दिदै

केपि खनाल/

कैलाली धनगढी ,साउन,२६-

देशमा स्थानीय तहको निर्वाचन सकिए संगै देशका विभिन्न ठाउँका मेयर/उपमेयर शुभकामना लिदै तथा आफ्नु चाहाना पूरा गर्न कोइ गाडी त कोई स्माट सिटिको परिकल्पना गर्दैछ्न । तर केही समय यता सुदुरपच्चिमको एक मात्र उप-महामगरपालिकाका मेयरले केही फरक कार्य गरेर जनतालाई खुसीपार्दै र धनगढीलाई सुन्दर हरियाली बनाउनमा जुटेका छन ।

सुन्दर सुदूर पश्चिमलाई प्रकृतीजस्तै सफा सुग्गर अनि हराभरा तुल्याउने उदेश्य राखी धनगढी उपमहानगर पालिका क्षेत्र वरपर बृहतरुपमा बृक्षारोपण कार्य अधिबढ्दै । यसैगरी बुधबार बृक्षारोपण कार्यक्रम श्री कृष्ण मन्दिर परिसर र कैलाली बहुमुखी क्याम्पसमा क्याम्पस धनगढीको प्राङ्गमा भएको हजारौ बोट रोपेको जानकारी युवा नेत्रित्व गर्दै रहेका ने.बि.संघ जिल्ला सदस्य हरि ओझा ले बिहानी अनलाइन लाई जानकारी दिनुभयो ।

आज नगर हरियाली कार्यक्रम श्री कृष्ण धार्मिक वनमा श्री कृष्ण मन्दिरका अध्यक्ष द्दिजराज पनेरूको सभापतित्व र मेयर नृप वडको प्रमुख आतिथ्य संगै सम्पन्न भएको थियो । उक्त कार्यक्रम वडा कार्यसमिति नेपाली कांग्रेस कैलाली वडा नं. ६ , FICOFUN र स्थानीय को सहकार्यमा भएको थियो । जस अन्तर्गत १००८ बिरुवा रोपिए र कैलाली बहुमुखी क्याम्पस मा डोटी कैलाली सम्पर्क मंच संगको सहकार्यमा १०८ बिरुवा लगाइएको छ ।

कैलाली बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख डा.पदमराज जोशी , शिक्षा विद डा.हेमराज पन्त पुर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द र डोटी कैलाली सम्पर्क मंच अध्यक्ष हरिकृष्ण ओझा सचिव रोसन उपाध्याय र पुर्व अध्यक्ष मोहन ओझा सहित पदाधिकारी र विद्यार्थीको उपस्थिति थियो ।

अबको राजनीति रचनात्मक काम संगै जनता सम्म पुग्नु पर्छ भन्ने उदेश्यले सुदूर पश्चिमको धनगढीलाई हरियाली सहरको रुपमा परचित गराउने र सबै जनताको घर आगनीमा हरियाली फैलाउने र स्वस्छ, सम्मुनत भविश्यका लागि धनगढीमा नमुना शहरको रुपमा फैलाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

साथै सामाजिक कार्य सँगै युवा पिढीलाई राजनितिमा आउनु अघी केही काम जनतालाई देखाउने र सबै जनताको माझमा उल्लेखनिय भुमिका निर्वाह गर्ने चाहाना स्वरुप सानो सानो कार्य बाटै अगाढी बढ्ने प्रेरणाको स्रोतको रुपमा अघि बढ्दै जाने ने.बि.संघ जिल्ला सदस्य हरि ओझाको चाहाना रहेको हाम्रा सम्वाददाता केपि खनाललाई जानकारी दिनुभएको छ ।