विश्वकप फुटबल : आज साविक विजेता फ्रान्स र मोरक्को भिड्ने

Image Not Foundकाठमाडौं,मंसिर,२८-कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को दोस्रो सेमिफाइनलमा आज विश्व विजेता फ्रान्स मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल बुधवार (आज) राति नेपाली समय अनुसार १२ः४५ बजे शुरु हुनेछ । 

फ्रान्स पछिल्लो संस्करणको फिफा विश्वकप विजेता टोली हो । अफ्रिकी महादेशको राष्ट्र मोरक्को भने पहिलो पटक सेमिफाइनल खेल्दैछ।

उक्त खेलको विजेताले पहिलो सेमिफाइनल खेलको विजेता टोली अर्जेन्टिनासँग आगामी आइतवार उपाधिका लागि भिड्नेछ । यसअघि मंगलवार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएशियालाई ३-० पराजित गरेको थियो ।